झलनाथले लालसलाम भनेपछि हंगामा

प्रधानमन्त्रीको हैसियतमा गुल्मीको तम्घासमा आयोजित प्रथम गुल्मी महोत्सव उद्घाटन गर्न पुगेका झलनाथ खनालले आफ्नो मन्तव्यको अन्त्यमा लालसलाम गरेपछि महोत्सव स्थलको स्वरुपनै परिवर्तन भयो भने मन्चका विशिष्ट व्यक्तिहरु कानेखुसीमा लागे ।

झलनाथ खनाल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री । कम्युनिष्ट नेता हुन् खनाल । उनले लाल सलाम गर्नु कुनै नौलो कुरा पनि होइन । खनालले लाल सलाम पहिलो पटक गरेका पनि होइनन् । तर आफ्नो भाषणको पूरै समय विकास निर्माण र आफ्नो कार्यकाल सफल हुने बताएका उनले अन्तमा लाल सलाम गरेपछि सबैले अनौठो माने ।
नेपालका कम्युनिष्ट मध्ये सबैभन्दा बढी क्रान्तिकारी देखिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सार्वजनिक कार्यक्रममा लालसलाम गर्न छोडिसकेका बेला खनालले एकाएक लाल सलाम गरेपछि छुट्टै चर्चा भयो ।
प्रधानमन्त्री खनाललाई गुल्मी उद्योग वाणिज्यसंघले महोत्सवमा प्रधानमन्त्री कै हैसियतमा कार्यक्रम उद्घाटन गर्न बोलाएको थियो । उनले लाल सलाम गरे त्यो कुनै नौलो घटना पनि थिएन र आश्चर्य मान्नु पर्ने विषय पनि थिएन । तर आयोजक लगायत मन्चमा बसेकाहरु एकाएक कानेखुसी गर्न थाले पछि सहजै बुझिन्थ्यो । खनालले लालसलाम चाहि नभनेको भए हुने थियो कि !
मन्चमा उपस्थित गन्यमान्य भनाउदाहरुले भन्दै थिए प्रचण्डलाई माओवादी अध्यक्षको हैसियतमा बोलाउदा लालसलाम भन्नु नपर्ने तर झलनाथले चाहि किन भन्नु परेको होला । हो उनीहरुलाई लालसलाम प्रति भन्दा पनि झलनाथको वर्तमान अवस्था र कार्यक्रममा गरेको भाषण अनि त्यसपछि आएको क्रान्तिकारिताको संयोजन भएन कि भन्ने लागेको थियो ।
एक जना नेपाली कांग्रेसका जिल्ला स्तरिय नेता भन्दै थिए अन्त्यमा झलनाथले लालसलाम गरेर महोत्सवलाई राजनीतिकरण गरिदिए । साच्चीकै भन्नु पर्दा महोत्सवमा खनालले गरेको लालसलाम कांग्रेसी जनहरुलाई चित्त बुझेको थिएन ।

(विश्व न्युज डट कमबाट साभार)