गजल

-अशोक गौतम "क्षितिज"
हाम्रो देशका छ सय एक् कुपुत्रलाई मारौं साथी
कालो मोसो दलाएर महाकाली तारौं साथी।

नयां नेपाल भन्दै यिनले फाल्छन सधै कुहेको शास
नकटा का दांत वंगारा गनि गनि झारौं साथी।

हामि गरीव जनताका खुन पसिनामा राज गरे
घैंटा जस्ता यिनका भुंडी खोल्स्याएर दारौं साथी।

संविधान् लेख्ने होइन सधै जान्छन् झाम्रे गाउछन्
संसद घरको मुल गेटमा कांडेतारले वारौं साथी।

यिनको आशमा वस्यो भने सिटामोल् नि पाईदैन
कर्णालीका गांउ वस्ती हामि आफै चारौं साथी।

पौंदीअमराई-३, गुल्मी
हाल-खाडी मुलुक

No comments:

Post a Comment

Leave Your Comment.....