तीन दिन देखि चालक बेपत्ता


शिबलाल सुबेदी 
अर्घाखाँची जिल्लाको सिद्धारा गाविसमा बाढीले ट्याक्टर बगाउँदा बेपत्ता भएका चालक ३ दिन बित्दा पनि फेला पर्न सकेका छैनन । जिल्लाको सिद्धारा गाविसको सिस्नेपाकुरी खोलामा आएको बाढीले शुक्रबार रोकिराखेको लु १ त ८४८६ नम्बरको ट्याक्टर बगाउँदा ट्याकटर चालक रुपन्देहि घर भएका दुर्गा राना भाट तीन देखि बेपत्ता भएका हुन् । 
ट्याक्टरलाई एक्कासि वाढी आएर रोकिराखेको ट्याक्टर बगाएको थियो । बाढीले बगाएका चालकको स्थानीय वासिन्दा र प्रहरीको टोलीले खोजी कार्य गरिरहेका छन ।

No comments:

Post a Comment

Leave Your Comment.....