कुटिए बन्दकर्ता: वन्दकर्ता र स्थानीय युवक विच झडप

जनार्दन घिमिरे
ब्राह्मण समाज नेपालले आज गरेको पश्चिमाञ्चल वन्दको क्रममा गुल्मी जिल्लामा वन्दकर्ता र स्थानीय एक युवाविच सामान्य झडप भएको छ । विहानै वन्दकर्ताहरुले वजारका पसलहरु वन्द गराउँदै हिँड्ने क्रममा वन्दको अवज्ञा गरि तम्घास वाख्रेछेंडाका एक व्यक्तिले एकजना वन्दकर्तालाई कुटपिट गरेको भन्दै उक्त व्यक्तिलाई कार्वाहीको माग गर्दै आन्दोलनकारीहरु जिल्ला प्रहरी कार्यालय अगाडि केहीवेर नारावाजी  समेत गरेका थिए । वन्दकर्तालाई कुटपिट गर्ने उक्त युवकले सार्वजनिक रुपमा माफि मागेपछि स्थिति सामान्य भएको थियो । 


No comments:

Post a Comment

Leave Your Comment.....