सन्जु थापा
स्थानीय नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमीटेडले शुरु गरेको रेमिटान्स सेवा आजदेखी शुभारम्भ भएको छ । आज पहिलो भुक्तानी कार्यक्रममा नवप्रतिभा वचत तथा ऋण सहकारी संस्थाका सचिव एंव प्रवन्धक दुर्गा अर्याल, कोषाध्यक्ष विष्णु अर्याल, सदस्य नारायण धिताल, रेडीयो सारथीका स्टेशन म्यानेजर विष्णु भुषाल लगायतले संस्थाको सेवा बिस्तारको बारेमा भनाई राख्नुभएको थियो । दुवईबाट पठाईएको पहिलो भुक्तानी रु.एक लाख बुझ्दै दगातुमडाँडा वडा नं.८ निवासी ढालेन्द्र बनले सहकारीको प्रशंसा गर्दै सर्वसाधारणलाई सहकारीले अन्य सेवा तथा सुविधा थप्दै जानुपर्ने सुझाव दिनुभएको थियो ।
No comments:
Post a Comment
Leave Your Comment.....