मनोज बस्नेत
यहि बैशाख ११ गते मृत्यु भएका लोक साँस्कृतिक, गिती कथा तथा घाटु र सोरठी साँस्कृतिक गुरु हरिलाल छन्त्याल प्रति समवेदना कार्यक्रम वामि गुल्मीमा सम्पन्न गरेको छ ।
आदिबासी जनजाती लोक साँस्कृतिक गिती कथामा आधारित घाटु सस्ंकृति र भैलो सोरठी जस्ता सस्ंकृति जोगाउनमा महत्वपुर्ण योगदान पुर्याउनु भएका छन्त्यालको १० औं दिनको पुण्य तिथीको अवसरमा नेपाल आदिबासी जनजाती घाटु साँस्कृति समुह, वामी ८ मालारानिको समुहले समवेदना कार्यक्रम आयोजना गरेको हो । छन्त्यालको मृत्युले घाटु साँस्कृतिक समुहलाई अपुरणिय क्षति पुगेको भन्दै शोकाकुल परिवारमा धैर्यधारणको कामना सहित स्वर्गिय आत्मा प्रति समवेदना अर्पण गरिएको थियो ।
कार्यक्रममा नेपाल छन्त्याल सघंका केन्द्रिय सदस्य लोक प्रसाद छन्त्याल, क्यापटेन पुर्ण बहादुर घर्तिमगर, नेपार मगर सघं वामिका अध्यक्ष टेक बहादुर श्रीष मगर, साजन मेजर खड्क बहादुर घर्ति, घाटु साँस्कृतिक समुहका सदस्य चन्द्र बहादुर घर्ती लगायतको उपस्थिती रहेको थियो । यस्तै छन्त्यालको मृत्यु प्रति नेकपा एमाले वामि गाउँ कमिटीले पनि समबेदना कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टिका एक सक्रिय तथा प्रतिबद्ध कार्यक्रताको मृत्युले पार्टिलाई अपुरणिय क्षति पुगेको भन्दै एमालेले समबेदना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाउँ कमिटीका सल्लाहाकार समिती सदस्य खड्ग बहादुर घर्तिमगर, गाउँ कमिटीका सदस्य चेत बहादुर केसि, बयबृद्ध लोक बहादुर पन्थ, जिल्ला शिक्षक सगंठन गुल्मीका प्रतिनीधि नरेस खरेल लगाएतको उपस्थिती रहेको थियो । गाउँ कमिटीका अध्यक्ष टेक बहादुर रायमाझिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य चेत बहादुर केसिले गर्नुभएको त्यहाँबाट सहयोगी पत्रकार लोक प्रसाद छन्त्यालले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment
Leave Your Comment.....