-कृष्ण बहादुर महत
देशमा शान्ती आओस भनी गरे पनि बलिदान
नेताहरु भत्ता पचाई रहे बनेन खै संबिधान
सात आठ महिना बिना सरकार, मन्त्री छन्न नसकेर
अनिर्णयको बन्दी बनाइ गरे कुर्ची तानातान
पानीको देश नेपालमा बिसै घण्टा लोडशेडिङले
हराइ सक्यो संसारमा नेपालीको पहिचान
भात्ता, सत्ता कमिसनले नपुगेर भ्रस्टहरु
नेपालीको हात बाट बिबश छन जुत्ता खान
सिमा,पस्पोर्ट राष्ट्रियता बेच्दै हिंड्ने नेताहरु
धिक्कार्दै छ तिमीलाई एतिहासिक राष्ट्रगान
जनता भन्दा माथि कोही छैन सार्वभौम
नेता ज्युको सोचाइ गलत ठान्छौ भने सर्वमान
नेताले देश बेचे पनि हामी बेच्न दिन्नौ
उठौँ-जुटौँ सबै युवा म कृष्णको आव्हान
-पिपलधारा-३, गुल्मी ।

No comments:
Post a Comment
Leave Your Comment.....