जनार्दन घिमिरे
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरेले दुई वर्ष भित्रमा जनतालाई लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रतिवद्धता वोकेर गएका सभाषद्हरुले निर्धारित समयमा संविधान निर्माण गर्ने तर्फ उदासिन वनि पटकपटक समयावधि थप्ने र आफ्नो पदीय आयु लम्व्याउने काममा लागेको भन्दै निर्धारित समयमा लोकतान्त्रिक संविधान जारी गर्नकालागि नेपाल प्रेस युनियनले दवावमूलक कार्यक्रमहरु शुरु गरेको वताउनु भयो । उहाँले शान्ति प्रकृया टुङ्गोमा पुग्ने र लोकतान्त्रिक संविधान निर्माण हुनेमा जनतामाझ शंका उत्पन्न भएको भन्दै यस्तो गंम्भीर समयमा लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब सृजना गर्न लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण पत्रकार, नागरिक समाज लगायत सवैलाई एक जुट हुन समेत आग्रह गर्नु भएको थियो ।
सूचनाको हकको ग्यारेन्टी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब सृजना गर्ने उद्देश्यले आज गुल्मीको सदरमुकाम तम्घासमा मैन वत्ति प्रल्वजन गरियो । नेपाल प्रेस युनियन केन्द्रिय कार्यालयको आवह्वानमा गुल्मी शाखाले आज दिउसो जिल्ला प्रशासन कार्यालय अगाडि एक कार्यक्रमका वीच मैन वत्ति प्रल्वजनगरि जेठ १४ गते भित्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता सहितको लोकतान्त्रिक संविधान निर्माणका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरेले दुई वर्ष भित्रमा जनतालाई लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रतिवद्धता वोकेर गएका सभाषद्हरुले निर्धारित समयमा संविधान निर्माण गर्ने तर्फ उदासिन वनि पटकपटक समयावधि थप्ने र आफ्नो पदीय आयु लम्व्याउने काममा लागेको भन्दै निर्धारित समयमा लोकतान्त्रिक संविधान जारी गर्नकालागि नेपाल प्रेस युनियनले दवावमूलक कार्यक्रमहरु शुरु गरेको वताउनु भयो । उहाँले शान्ति प्रकृया टुङ्गोमा पुग्ने र लोकतान्त्रिक संविधान निर्माण हुनेमा जनतामाझ शंका उत्पन्न भएको भन्दै यस्तो गंम्भीर समयमा लोकतान्त्रिक संविधान निर्माणका लागि दबाब सृजना गर्न लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण पत्रकार, नागरिक समाज लगायत सवैलाई एक जुट हुन समेत आग्रह गर्नु भएको थियो । नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष हरिप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मिहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment
Leave Your Comment.....