एक महिला मृत अवस्थामा फेला


गुल्मीको पौंदीअमराई गाविसमा एक महिला शुक्रबार विहान मृत अवस्थामा फेला परेकी छन् । पौदीअमराई गाविस वडा नं १ अरेवा पास्ती निवासी ३२ वर्षीया अमृता पुन घर नजिकैको गोठमा मृत अवस्थामा फेला परेकी हुन् । दिलवहादुर पुनकि जेठी श्रीमतिका रुपमा रहेकी अमृता गोठमा सुतिरहेको अवस्थामा घाँटीमा चुन्नी सल वेरीएको अवस्थामा फेला परेको स्थानीयवासीले वताएका छन् । एक वच्चाकी आमा अमृताको रहस्यमय मृत्‍यु भएको हुन सक्ने स्थानीयवासीको आशंका रहेको छ । घटनास्थल तर्फ वामी ईलाका प्रहरीचौकिवाट प्रहरीको टोलि जादैगरेको वताईएको र मृत्युको कारण खुल्न सकेको छैन ।

No comments:

Post a Comment

Leave Your Comment.....