मोवाईल चार्ज गर्दा विद्युत सर्ट भई मेडिकलमा आगलागि

सीता भण्डारी,
गुल्मीको दरवारदेविस्थानमा गएराति एक औषधी पसलमा अचानक आगलागि हुँदा ५ लाख वरावरको औषधि जलेर नष्ट भएको छ । दरवारदे विस्थान २ चारपाला ठूलापोखरामा रहेको प्रगति मेडिकलमा मोवाईल चार्जमा राखिएको अवस्थामा विद्युत सट भई उक्त आगलागि भएको प्रहरीले जनाएको छ ।
आगलागिवाट मेडिकलमा रहेका विभिन्न प्रकारका पाँच लाख मूल्य वरावरको औषधिहरु जलेर नष्ट भएको घटना स्थलमा पुग्नु भएका औषधि व्यवसायी समिति गुल्मीका अध्यक्ष शेर वहादुर थापाले जानकारी दिनु भएको छ । गएराति तीन वजेको समयमा उक्त आगलागि भएको थियो । स्थानीयवासीहरुको प्रयासवाट उक्त आगो विहान मात्र नियन्त्रणमा आएको थियो ।

No comments:

Post a Comment

Leave Your Comment.....