घनश्याम गौतम
गुल्मीको भेंडुवाबाट तम्घास तर्फ आउँदै गरेको मोटरसाईकल बिरबास गाविस-८ गाविसमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
आइतबार अपरान्ह लु ९ प ६२८५ नम्बरको मोटरसाईकल दुर्घटनामा तम्घास-१ धागीथुमका अन्दाजी २४ वर्षीय जगतबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको हो । मृतक सैनिक जवान हुन् । मोटरसाईकल चालक गणेश थापा गम्भीर घाइते छन् । तिब्र गतिमा रहेको मोटरसाईकल नियन्त्रण गर्न नसकेपछि सडक छेउको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Leave Your Comment.....