बन्दाबन्दै भत्कियो विद्यालय

पहिरोले च्यापेपछि छापहिलेको मालिका प्राथमिक विद्यालय भवन निर्माण सम्पन्न नहुँदै भत्किएको छ ।

शिक्षा कार्यालयको ६ लाख ५० हजार र २५ प्रतिशत जनश्रमदान गरी झन्डै ९ लाखको लागतमा निर्माणाधीन विद्यालयको २ कोठे भवन भत्किएको हो । विद्यालय भत्किने समयमा विद्यार्थी अध्ययनरत थिए । पहिरो जान सुरु गरेपछि विद्यार्थीलाई अन्यत्रै सारिएकाले क्षति नभएको प्रधानाध्यापक सीता अर्यालले बताइन् ।

No comments:

Post a Comment

Leave Your Comment.....