बनेपाबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट बनेपा जाँदै गरेको दुई यात्रुबाहक बस भक्तपुरको नलिनचोकमा ठोक्किँदा ३७ जना घाइते भएका छन्। घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइहरेको छ। बनेपाबाट आइरहेको बा २ ख १८३ नम्बरको बसले बा २ ख १११ नम्बरको बसमा ठक्कर दिएको थियो। दुर्घटनाले बा २ ख १११ बस मकैबारीमा खसेको छ भने अर्को गाडी नालीमा ठोस्सिन पुगेको छ। दुईमध्ये एक बसका सवारीचालकमात्रै प्रहरीको सम्पर्कमा आएका छन्।
(नागरिक न्युजबाट)
No comments:
Post a Comment
Leave Your Comment.....