जलविद्युत निर्माण कार्य शुरु भएन, स्थानीय वासी आक्रोशित


गाउघर झिलिमीली हुने आशमा लघुजलबिद्युत आयोजनामा लगानी गरेका गुल्मीको सिर्सेनीका बासिन्दा लामो समय सम्म पनि आयोजनाको निमार्ण कार्य सुरु नहुदा आक्रोशित बनेका छन्  । गाउमा बिद्युत बालिदिने भन्दै गाविसको वडा नम्बर ६ र ८ का करिब ७० घरधुरिबाट प्रतिघर ५/५ हजारका दरले रकम उठाएका सिर्सेनीका टिका जिसीले लामो समय सम्म पनि लघुजलबिद्युत निमार्ण कार्यमा चासो नदिदा उपभोक्ताहरु आक्रोशित भएका हुन् ।

धुर्कोट बाङग्रा खानेपानि आयोजनाबाट बिद्युत उत्पादन गरि प्रत्येक घरमा ५/५ ओटा बत्ति बालिदिने दिने भन्दै जिसीले रकम लिएको र रकम लिएको ७/८ महिना बितिसक्दा समेत निमार्ण कार्यको थालनी नगरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । रकम उठाएका जिसी भने अहिले गाउामै भएपनि निर्माण कार्यमा कुनै चासो नदिएको स्थानीय शिक्षक धिरेन्द्र भट्टराईले वताउनुभयो ।

No comments:

Post a Comment

Leave Your Comment.....