कोरियामा रेसुङ्गा कप भलिबल हुने


यही आँउदो अक्टोबर २ तारेक आईतबारको दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले रेसुङ्गा कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । कोरियामा प्रत्येक महिना जस्तो बिभिन्न सँघ सस्थाहरुले भलिबल प्रतियोगिता आयोजना गरिरहेको र कोरियामा भलिबल खेलमा नेपालीको चाख बढेकोले सो कुरालाई मध्यनजर गर्दे गुल्मी सम्पर्क समीतिले रेसुङ्गा कप भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको समीतिका सचिब गुरु भुषालले बताएका छन ।
उक्त दिन कुनै पनि सँघ सस्थाहरुले कार्यक्रम नजुझाई दिन पनि समितिले अनुरोध गरेको छ । साथै समितिले आफ्नो तेस्रो अधिवेशन यही आँउदो चुसकको दोस्रो दिन बिहान ८ बजे गर्ने  भएकोले सम्पूर्ण गुल्मेली दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक आह्वन गरेको छ । 

No comments:

Post a Comment

Leave Your Comment.....