अस्पताल विकास समितिमा कार्की

स्वास्थ्य मन्त्रालयले माओवादी मगरात राज्य समिति सदस्य वीरबहादुर कार्कीलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ । 
माओवादीको क्षेत्र नम्बर ३ का संयोजकसमेत रहेका कार्की दुई वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् । उनले बिहीबारबाट जिम्मेवारी सम्हालेका छन् । यस अघि लामो समयदेखि स्थानीय व्यवसायी शेरबहादुर थापा अध्यक्ष रहँदै आएका थिए । कार्कीलाई जिल्ला अस्पतालका कर्मचारी एवं स्वास्थ्यकर्मीहरूले स्वागत गरेका थिए । 

No comments:

Post a Comment

Leave Your Comment.....