प्रहरी जवानको शव हेलीकप्टरवाट गुल्मी ल्याईयो

जनार्दन घिमिरे 
डोल्पाको जुफालमा स्थानीय युवाहरुको कुटाईवाट मृत्यु भएका गुल्मीका एक प्रहरी जवानको शव आज वेलुकि गुल्मीको सदरमुकाम तम्घासमा ल्याई उनका आफन्तहरुलाई जिम्मा लगाइएको छ । 
यसरी मृत्यु हुनेमा गुल्मी जिल्ला अर्जै गाविस १ निवासी हाल डोल्पाको जुफालमा कार्यरत २४ वर्षीय कमल भण्डारी रहेका छन् ।  भण्डारीको शव आज वेलुकि नेपाली सेनाको हेलीकप्टरवाट गुल्मीको सदरमुकाम तम्घास ल्याई प्रहरीले उनका आफन्तहरुलाई वुझाएको हो ।  
स्थानीय वजारवाट सामान खरिदगरि फर्कने क्रममा स्थानीय युवाहरुसँगको सामान्य विवादमा झडप भएको वताईएको छ । भण्डारीको टाउकोमा गंभिर चोटलागेको थियो ।  भण्डारीको शव आउने जानकारी पाएपछि सदरमुकाम तम्घासमा उनको शव हेर्नकालागि हजारौं मानिसहरुको भीड लागेको थियो । भागिरथ भण्डारीका पाँच भाइ छोराहरु मध्य कमल भण्डारी कान्छा छोरा हुन् । 

No comments:

Post a Comment

Leave Your Comment.....