सहायक प्रमुख जिल्ला अधिकारी जग्दीशचन्द्र नेपालीको नेतृत्वमा जिल्ला अस्पतालका डाक्टर हरीबहादुर के.सी., डाक्टर सुन्दर पाण्डे, पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, सुरक्षाकर्मी, लगायतको टोलीले अनुगमनका क्रममा पुतलीबजारको सरु मेडिकल, क्याम्पस रोडको सिता डेन्टल, रेसुङ्गा आयुर्वेदिकबाट म्याद सकिएका औषधीहरु बरामद गरिएको नेपालीले बताए । त्यस्तै अमृत आयुर्वेदीकबाट एलोपेथिक औषधी बरामद गरेको छ ।
अनुगमनका क्रममा राजश्व कार्यालयमा दर्ता नगरिएका, औषधी व्यवस्था विभागबाट स्वीकृत नलिएका, मेडिकल संचालनका लागि आवश्यक पर्ने तालिम नलिई अर्कैको नामबाट मेडिकल संचालन गरिएको समेत टोलीले फेला पारेको छ । प्रकृया नपुर्याएका र बिना दर्ता खोलिएका औषधी पसलहरुलाई कारवाही प्रकृया अगाडी बढाईने समेत नेपालीले बताए ।
No comments:
Post a Comment
Leave Your Comment.....