५ महिला स्वयं सेविका सम्मानित हुने

विष्णु पौडेल 
जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले आर्थिक वर्ष २०६७/६८ मा जनस्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै ५ जना महिला स्वास्थ्य स्वम्सेविकालाई सम्मान गर्ने भएको छ ।  गाउगाउमा रहेर जनस्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याएकाले सम्मान गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यलयका स्वास्थ्य शिक्षा अधिकृत गोपाल खनालले जानकरी दिनुभयो । 
 
यसरी सम्मानित हुने स्वम् सेविकाहरुमा नयागाउ २ की सोनु सुनार, धुर्कोट रजस्थल ६ की कमला पोख्रेल, खज्र्याङ् ९ की उमा वुचा, पुर्तिघाट ७ की फुलमायाा थापा र कर्घा ८ की यमकला रायमाझी रहनुभएको छ ।

No comments:

Post a Comment

Leave Your Comment.....