शोकसभा सम्पन्न

 राष्ट्रिय जनमोर्चा बलिथुम गाउँ समिति सचिव तथा अखिल नेपाल युवक संघ गुल्मीका सदस्य स्व. जगु खड्का मगरको १३ औ. पुण्य तिथिको दिन उहाँकै घरमा शोक सभा सम्पन्न भएको छ ।
उक्त शोक सभाको संचालन छवि सर्तुङ्गी र अध्यक्षता गाउँ कमिटी अध्यक्ष नरबहादुर माझकोटीले गर्नुभएको थियो । १ मिनेट मौनधारण र फोटोमा माल्यार्पण पछिको सभामा राष्ट्रिय जनमोर्चा गुल्मीका उपाध्यक्ष रामेश्वर खत्री, अखिल नेपाल युवक संघका तारा कुंवर, अखिल छैठौका योगेन्द्र काउछा, नेकपा एमालेका हिरासिं सर्तुंगी, श्री थाक्सीपोखरा मा.वि.का प्र.अ. सुर्यबहादुर फुंजाली, मगर संघका रामबहादुर पुन, स्थानीय क्लवका दिने कुवंर र मृतकका कान्छा बुबा थम्मनबहादुर खड्काले स्व. जगु खड्काको व्यक्तित्व र योगदानको बारेमा चर्चा गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

No comments:

Post a Comment

Leave Your Comment.....