कार्यलयहरु बिच समन्वयको कमि भएको गुनासो


मनोज बस्नेत
गुल्मी जिल्लाका बिभीन्न सरकारी तथा गैरसरकारी कार्यलयहरुको दुईदिने बार्षिक प्रगति समिक्षा गोष्ठि जिल्ला विकास समिती गुल्मीको सभाहलमा आज सम्पन्न  भएको छ । गोष्ठिमा हिजोँ र आज गरी जिल्लामा क्रियाशिल बिभीन्न २५ ओटा सरकारी तथा गैरसरकारी कार्यलयले आ–आफ्नो कार्यलयका आर्थिक बर्ष २०६७÷६८ मा गरेका कार्य विवरण प्रस्तुत गरेका छन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले गुल्मी जिल्ला पर्यटन तथा कृर्षिको क्षेत्रमा अन्यन्तै सम्भावना बोकेको जिल्ला भएको भन्दै जिल्लाको विकासकालागी सम्पुर्ण पक्षको बिचमा सहकार्य हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालाल रेग्मिले समिक्षा गोष्ठिमा बार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका सरकारी तथा गैरसरकारी सस्थांको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६७÷६८मा गुल्मी जिल्लामा निकासा भएको ३ अर्ब ५८ करोड ९ लाख ३९ हजार ६ सय ७९ रुपैयाँ मध्ये ३ अर्ब ४२ करोड ३६ लाख १५ हजार ९ सय ३९ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । कार्यक्रममा अनुगमनका लागी गुल्मी आउनुभएका नेपाल सरकार स्थानिय विकास मन्त्रालयका उप–सचिव नारायण बहादुर थापा, एकिकृत नेकपा माओवादिका युवराज केसि, नेपालि काङगे्रसका भुवन प्रसाद श्रेष्ठ, नेकपा एमालेका बोम बहादुर खड्का, राष्ट्रिय जनमार्चाका जिवन राना, आदिवासि जनजाति महासघंका हिरा बहादुर सराङकोटि लगाएतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने सबै तथा कार्यक्रमका सहभागिहरुले जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यलयमा समन्वयको कमि भएको औल्याएका थिए । गोष्ठि स्थानीय विकास अधिकारी हिरालाल रेग्मिको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल, जिल्लाका बिभीन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधी पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment

Leave Your Comment.....