नरेश भण्डारी
दर्लामचौर गाविस–९ कुमाल डाँडाका रुद्रबहादुर पछाईको बारीमा ०६८ साउन २२ गते माटोले पुरीएको अवस्थाबाट एक वेवारिसे नवजात शिशुको उद्धार गरिएको छ ।
स्थानिय डम्बरबहादुर कुमालको बारिमा जन्माएर पछाईको बारीको कुनामा कर्कलाको पातले बेरी हातले खोस्रीएर सामान्य रुपमा पुरी मकैको डाँठले ढाकेको अवस्थामा साँझ पाँच बजे नवजात बालिका फेला परेको स्थानिय बासिन्दाले जानकारी दिए ।
नजिकै बारीमा मकै भाँच्ने खेतालाले बच्चा रोईरहेको आवाज सुनेर खोजिगर्दा सामान्य पुरीएको अवस्थामा शिशु फेलापरेको थियो । निलो भईसको बच्चालाई घस्ने र सेक्ने कामगरेर उपचार गरीएको साथै स्थानिय देवकला बस्नेतको अगुवाईमा महिलाहरुले पालैपालो दुध चुसाएर
स्याहार गरेको दर्लामचौर उपस्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्र रिजालले जानकारी दिए ।
स्थानिय बासिन्दाले खवर गरेपछि घटना स्थलमा पुगेर बच्चा कस्ले र किन छाड्यो भन्नेबारे अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment
Leave Your Comment.....