मनोज बस्नेत
गुल्मी कम्प्युटर इन्ष्टीच्युट एण्ड टे«निङ सेन्टर तम्घास गुल्मीको आयोजनामा आजदेखि सदरमुकाम तम्घासमा एक हप्ते पत्रकारिता, रेडियो तथा स्टेज उद्घोषण तालिम सुरु भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पे्रस युनियनका केन्द्रिय सदस्य जर्नादन घिमिरेले पत्रकारीता जस्तो सम्बेदनशिल क्षेत्रमा पनि तालिममा उत्साह पुर्वक उपस्थित प्रशिक्षार्थीलाई तालिमबाट प्रमाण पत्र प्राप्त गर्न मात्र नभई सिकेका कुरालाई व्यावहारमा लागु गर्नुपर्ने बताउँदैै उहाँले प्रशिक्षार्थीलाई सञ्चार जगतमा आफ्नो छुट्टै पहिचान बनाउन आग्रह गर्नुभयो ।साथै कार्यक्रमका बिषेश अतिथी समेत रहनुभएका सामुदायिक रेडियो स्काईका सयोंजक जिडी जोन्स रियाजले प्रशिक्षार्थीलाई तालिम पश्चात जागिरको आशा भन्दा पनि व्यत्तित्व विकासमा फाईदा पुग्ने कुरामा आसाबादी हुन आग्रह गर्नुभयो । तालिममा गुल्मी, अर्घाखाँचि, प्युठान लगाएतका जिल्लाहरुबाट २० जना भन्दा प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटनसत्रमा जिल्ला स्थित सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मि तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम तालिम सयोंजक तथा सञ्चारकर्मि तुल्सीहं म्युजिकको अध्यक्षता, गुल्मी कम्प्युटर इन्ष्टीच्युट एण्ड टे«निङ सेन्टरका प्रमुख अश्रफ अलिको स्वागत मन्तव्य र सामुदायिक रेडियो स्काईका प्रस्तोता तथा पत्रकार टोपलाल अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment
Leave Your Comment.....