गजल

-अशोक गौतम क्षितिज
के भनु खै मेरो देश् को पुरानै छन् हालहरु
भोली भोली भन्दा भन्दै धेरै विते सालहरु।

हत्या हिंसा वढ्दै गयो आभास् छैन सु-शान्तीको
कैले वन्द हुन्छ वग्न रगतका छालहरु।

सुनौला र रहरका सपना ती वांकी हुंदै
मर्नु पर्छ हामी गरीव् नआउदै कालहरु।

अपराधी संरक्षण् मा प्रशासन् कै सिफारिस् ले
अनायासै निर्दोषी ले भोग्नु पर्छ गालहरु।

लोकतन्त्र गणतन्त्र सिमीत भो कागज मै
परिवर्तन् छैन केहि छ पुरानै चालहरु।

आज गर्या कुराहरु वदलिन्छन् भोली पल्ट
फसाईन्छ सोझा लाई वुन्दै नयां जालहरु।

जस्तो देश् को माहोल भो त्यस्तै ज्ञान मिल्ने रैछ
सानो वच्चा वोक्छु भन्छ वन्दुक का नालहरु।




पौंदीअमराई -३ गुल्मी
वुटवल संकरनगर पनि मेरो वस्ती

No comments:

Post a Comment

Leave Your Comment.....