तम्घास बजार अनुगमन


गगनशिला खड्का
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा मंगलबार सदरमुकाम तम्घासका किराना पसलहरुको अनुगमन गरीएको छ । किराना पसलहरु पान नम्बर विना सञ्चालन गरीएको, तथा खाद्यान्न पसलहरुमा विना लाईसेन्स मदिरा राख्नुका साथै अखाद्य तथा म्याद नाघेको खाद्यबस्तु विक्रीवितरण भएको गुनासो आएपछि पसलहरु अनुगमन गरीएको हो ।
सदरमुकामका ५२ वटा पसलमा गरीएको अनुगमनमा दाल, सोयाविन, चामल तथा केराउ लगायतका म्याद नाघेका खाद्य सामाग्री भेटीएकोले उनीहरुलाई एक पटकको लागी सचेत बनाएर छोडीएको सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीले बताए ।
जिज्ला स्तरीय बजार अनुगमन समितीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीको नेतृत्वमा गरीएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य ललीता गौतम , गुल्मीका अध्यक्ष विष्णु पन्थी, जिल्ला विकाश समितीका नासु ध्रुवराज मरासिनी, गुल्मी उद्योग वाणिज्य संघका कोषाध्यक्ष गोमराज श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मोहन ज्ञवाली लगायतको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment

Leave Your Comment.....