अवरुद्ध खानेपानी योजना सुचारु

केही दिनदेखि अवरुद्ध मुसीकोट वडागाउँ खानेपानी योजना सुचारु भएको छ । पहिरोले नेटा-३ कुसेपानी, भनभनेलगायतका स्थानमा बगाएको पाइप फेरि मर्मत गरेपछि योजना सुचारु भएको हो । योजना सुचारु भएपछि पानीको हाहाकार भएका मुसिकोट र वडागाउँ गाविसका स्थानीयबासीले राहतको महसुस गरेका छन् ।

गुल्मीकै पश्चिमी स्थान दुनमबाट ल्याइएको खानेपानी योजना करिव ३६ किलोमिटर लामो भएकाले वषर्को समयमा पटक पटक  बिगा्रने गरेपछि मुसीकोट र वडागाउँ गाविसका झण्डै ५ सय घरधुरीका उपभोक्ताहरू मर्कामा पर्ने गरेको स्थानीय शिक्षक कृष्ण भट्टर्राईले बताउनुभयो ।

No comments:

Post a Comment

Leave Your Comment.....