खुल्ला ठाउँमा चुरोट रक्सी खानेलाई १ सय रुपैया जरिवाना


प्रतीक्षा शर्मा
अमरपुर लोककल्याणकारी युवा क्लव अमरपुर गुलमीले सार्वजनिक स्थलमा धुम्रपान मद्यपान गर्नै गराउने ब्याक्तिलाई  जरिवाना तिराउने भएको छ । यदि कुनै ब्याक्तिले अटेर गरी सार्वजनिक स्थलमा धुम्रपान गरेमा रु एक सय जरिवाना तोकेको हो । सार्वजनिक स्थानमा धुम्रपान मद्यपान नगरुन भन्ने उद्देश्यले ठाउँ ठाउँमा  सुचना टास समेत गरेको क्लवले जनाएको छ । यस्तै समाजमा रहेका अन्य विकृति विसङगतिलाई कम गर्नको लागि क्लव सक्रिय रुपमा अगाडि बढेको अमरपुरबाट हामा्र प्रतिनिधी रामचन्द्र पराजुलीले जनाउनुभएको छ ।

No comments:

Post a Comment

Leave Your Comment.....