घर निकाला गरिएकी महिला द्वारा प्रहरीमा उजुरी

नरेश भण्डारी
बडागाऊँ गाविस–७ थुम्काकी १७ वर्षीया सरस्वती चालिसेलै आफ्नो परिवारले नौ महिनाको छोरा सहित घरनिकाला गरेको भन्दै ०६८ साउन ३१ गते जिल्ला प्रहरी  कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।
पती बैदेशिक रोजगारका शिलशिलामा ओमनमा रहेको र घरमा ५३ वर्षीय ससुरा होमनाथ चलिसेले घरभित्र पस्न नदिने र छोरा संग छोडपत्र गर्न दवाव दिने गरेपछि उजुरी दर्ता गराएकी हुन् ।
२६ वर्षीय भिमराज चालिसे ०६६ फागुन २९ गते प्रेम विबाह गरी ०६७ साउन ४ गते आफुलाई घरमा छाडेर बैदेशिक रोजगारमा गएदेखि परिवारले मानशिक यातना दिने गरेको पीडिले बताइन् ।
उनले ०६७ मंसिर २६ गते छोरा जन्माएको र परिवारले हेला गर्ने र पतीले समेत वेवास्ता गरे पछि बडागऊँ गाविस–६ धरम्पानी स्थित माईती घरमा बस्दै आएको जानकारी दिइन् ।
घटनाका सम्वन्धमा ०६८ भदौ ५ गते हाजिरहुन पीडितका ससुरा होमनाथ चालिसेको नाममा पुजी काटिएको इन्सपेक्टर श्याम अर्याले जनकारी दिए ।

No comments:

Post a Comment

Leave Your Comment.....