दैनिक दुई घण्टा पैदल हिँडेर बिद्यालय


गगनशिला खड्का
गुल्मीको अति विकट ठाउँ क्षेत्र नं ३ को इश्मारजस्थल गाविस पाहाकटेरीका स्थानीय वासिन्दाहरु दुई घण्टाको पैदल हिडेर उपचारका लागि अस्पत्ताल पुग्ने गरेका छन । इश्मा रजस्थल गाविस वार्ड नं ९ पाहाकटेरीका स्थानीय वासिन्दाहरु सडकको असुबिधाका कारण दुई घण्टाको पैदल हिडेर अस्पत्ताल पुग्न बाध्य भएको स्थानीय वासिन्दाहरुले गुनासो गरेका छन । ६० प्रतिशत मानिसहरुको बसोबास रहेको पाहकटेरीमा सडक सुविधा राम्रो नहुदाँ सुत्केरी गराउन समेत गार्हो भएको इश्मा रजस्थल ९ पाहाकटेरी निवासी राधिका कुँवरले बताईन । उनले भनिन “यहाँ बाट अस्पत्ताल जान २ घण्टा हिड्नु पर्दछ, हेर्नुस न हामीलाई त सुत्केरी हुदाँ समेत मरीन्छ की वाचिन्छ थाहाँ नै हुदैन ।”
यस्तो छ पाहाकटेरीका बासिन्दाहरु हिंड्ने बाटो ।
खोल्सा खोल्सी र भिरको बाटो ।
अस्पत्ताल आफ्नो गाउँ देखी निकै टाढा र सडक सुविधा नभएका कारण पाहाकटेरीका प्राय गर्भवती महिलाहरु ऋण खाजेरै भएपनि सदरमुकाम तम्घासमा बस्ने गरेका छन । गर्भवती महिलाहरुले नियमित स्वास्थ्य परिक्षण र सुत्केरी हुदाँ समेत अस्पत्तालमै सुत्केरी गराउनुपर्ने भएकोले पाहाकटेरीका सबै महिलाहरु तम्घासमा बस्ने गरेका हुन । आँफु संग पर्याप्त पैसा नभएपनि सडक राम्रो नहुदाँ गर्भवती भएकै समयदेखी गुल्मीको सदरमुकाम तम्घासमा बस्नु परेको इश्मा रजस्थल ९ पाहाकटेरी निवासी शुसिला कुवरले गुनासो गरिन । उनले भनिन “घरमा बस्ने इच्छा हुदाँ हुदै पनि बाटो राम्रो र अस्पत्ताल नजिक नहुदाँ तम्घासमा बसेकी छु, कहिले फर्कन्छु थाहा छैन ।”
सडक अभावकै कारण पाहाकटेरीका स्थानीय वासिन्दाहरुले अहिले सम्म पनि सिकिस्त विरामीलाई डोकोमा बोकेर अस्पत्ताल लैजाने गर्दछन । विरामी हुदाँ सजिलै उपचार नपाउने पाहाकटेरीका स्थानीय वासिन्दा शैक्षिक रुपमा पनि त्यतीनै आझेलमा परेका छन । आफ्नै गाविसमा माध्यमिक विधालय भएपनि त्यहाँका विद्यार्थी भने प्राथमिक तह पढ्न पनि छिमेकी गाविस दोहोली र अर्जैमा जानुपर्ने बाध्यता रहेको छ । इश्मा रजस्थल गाविस विकासका दृष्टीकोणले त्यती पछाडि नपरे पनि त्यही गाविस अन्र्तगत पर्ने एउटा गाउँ भने सबै कुरामा पिछडिएको छ । चुनाबका बेला भोट माग्न आफ्नो गाउँमा आएर मिठा—मिठा भाषण गर्ने राजनितिक दलका नेताहरुले चुनाब जितेपछि एक पटक पनि गाउँ फर्केर नआएको त्यहाँका स्थानीय वासिन्दा बताउछन ।
लौ हेर्नुस् त कती डर लाग्दो छ यो बाटो, बाटो जस्तो पनि देखिदैन ।
सम्बन्धित निकायको ध्यान कहिले पुग्ने खोइ ?  सबै तस्बिरहरु: गगनशिला खड्का
पाहाकटेरीमा पशस्त मात्रमा तरकारी उत्पादन हुने भएपनि सडक अभावका कारण त्यहाँ उत्पादित तरकारी कुहिएर खेर गईरहेको इश्मा रजस्थल ९ निवासी मान बहादुर कुवरले बताए । उनले भने“ यो एकदमै तरकारी उत्पादन हुने गाउँ हो अव विक्री गर्नको लागि बजार जान गाडी चल्दैन,बोकेर लैजान सकिदैन ।” शैक्षिक, आर्थिक, राजनितिक र सामाजिक रुपले समेत पछाडि परेको गाउँ पाहाकटेरीका स्थानीय वासिन्दाले मोटरबाटो निर्माणका लागि गाउँ विकास समितिमा पटक—पटक आर्थिक रकमको माग गरेपनि राजनितिक दलको बेवास्ताका कारण मोटरबाटो निर्माण हुन नसकेको कुवरले बताए । उनले भने “गाविसमा त्यत्रो कत्ति पैसा आउने गर्छ भन्छन तर हामीले कति पटक माग गर्यौँ कसैले सुनेन ।”

1 comment:

  1. पत्रकारिता को बेईजेत्त.............किन बढाई चढाई गरेर लेख्नु परेको होला .....उसो भय इस्मा को पहकतेरी मा कोहि पनि गर्भवती महिला छैनन् ??????????????????????क्या मजाक है ...........

    ReplyDelete

Leave Your Comment.....