गुल्मेली सम्पर्क समाज रुपन्देहीले आईतवार एक कार्यक्रमका बिच रुपन्देहीको डिंगरनगरमा बृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समाजले शंकरनगर ६ को डिंगरनगरमा रहेको आफ्नै स्वामित्वको करिब १ बिगाहा जमिनमा गुरुयोजना निर्माण स्थलको शुभारम्भ स्वरुप बर,पिपल, आंप, कल्की, सफेदी, स्वामी, लगायतका ५ सय बिरुवाहरु रोपेको हो । समाजका अध्यक्ष ईन्जिनियर हिरा बहादुर भलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अवसरमा प्रमुख अतिथि एवं शंकरनगर गाबिस सचिब लक्ष्मण अर्याल, समाजका सचिब नारायण प्रसाद पन्थ, उपाध्यक्ष नन्दराम भण्डारी,आजिबन सदस्य प्रेम खरेल, लगायतले बोल्दै समाजले सामाजिक कार्यलाई अझै अगाडि बढाउने बताएका थिए ।
बक्ताहरुले गुरुयोजना अनुसार कार्य अगाडि बढाउन समेत समाजलाई सुझाव दिएका छन । कार्यक्रमका अवसरमा आजै समाजको आजिबन सदस्यता लिएका ४ जनालाई सम्मान पनि गरिएको थियो । '
No comments:
Post a Comment
Leave Your Comment.....