गत साउन २२ गते राती ११ बजे ग्वादी ५ वस्ने २ युवा बिच झगडा भएको र झगडा पस्चात एक युवा हराइरहेको जानकारी प्राप्त भएको छ । ग्वादी ५ का बर्ष २२ को यम ब. कुँवर र बर्ष २० को मिन ब. कुँवर वीच एक आपसमा झै झगडा भएकोमा सोही राती देखि नै यम ब. कुँवर हराएको तर मिन ब. कुँवरसँग सोधपुछ गर्दा मलाई थाहा छैन भनेर पन्छिन खोजेको र कुँवरको कपडामा रगत लागेको तर काटेको घाउ कहि कतै नदेखिएको स्थानिय खगेन्द्र कुँवरले फोन मार्फत जानकारी दिए । घटनास्थल पुगेको प्रहरी टोलीले मिन ब. कुँवर, लक्ष्मण कुँवर र श्रीधर कुँवर गरी तिनजनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ भने हराईरहेका यमकी खोजी कार्य जारी रहेको प्रहरिले जानकारी दिएको छ ।
No comments:
Post a Comment
Leave Your Comment.....