एलाक डीपी जिल्ला समन्वय समिति गठन

जनार्दन घिमिरे
गुल्मी, ८ फागुन । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालमा आवद्ध सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक डीपी परियोजनाको जिल्ला समन्वय समिति गठन गरिएको छ । परियोजना सञ्चालनमा सहजता ल्याउने उद्देश्यले सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा ६ सदस्यीय एलाक डीपी जिल्ला समन्वय समिति गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारी विष्णुवहादुर घर्ति, जिल्ला विकास समितिवाट कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, उद्योग वाणिज्य संघवाट महासचिव कृष्णप्रसाद पोख्रेल तथा सुशासन अभियान गुल्मीवाट सह–सचिव पि.एम मगर सदस्य रहनुभएको छ । यसैगरी समितिको सदस्य सचिवमा एलाक डीपी परियोजनाकी कार्यक्रम अधिकृत हीरा कुँवर रहनुभएको छ ।
भ्रष्टाचार सम्वन्धि विभिन्न गुनासा तथा उजुरी समाधानका लागी समितिले समन्वयात्मक भूमिका निर्वाह गर्ने समितिका अध्यक्ष श्यामकुमार पाण्डेले वताउनुभयो । समन्वय समितिले एलाक डीपी परियोजना अन्तर्गत सरकारी कार्यालयसँग गरिने प्रतिवद्धता पत्रमा हस्ताक्षरको लागी सहयोग गर्ने परियोजनाकी कार्यक्रम अधिकृत कुँवरले वताउनुभयो । उहाँका अनुसार परियोजना अन्तर्गत सेवाग्राहीको गुनासोको आधारमा गरिने प्रतिवद्धता पत्रमा सरकारी कार्यालयको सेवा छिटोछरितो र पारदर्शी वनाउन सम्वन्धित कार्यालयका प्रमुखहरुले प्रतिवद्धतासहित हस्ताक्षर गर्ने छन् ।
गुल्मीमा सञ्चालित एलाक डीपी परियोजनाले सरकारी कार्यालय र सेवाग्राहीको विचमा पुलको काम गर्दै आवश्यक सरसल्लाह र कानूनी परामर्श दिँदै आएको छ । सरकारी कार्यालय वा सार्वजानिक संस्थानवाट प्राप्त सेवामा ढिलासुस्ती, अनियमितता, हैरानी तथा भ्रष्टाचार सम्वन्धि गुनासा भएमा ०७९–५२०८५४ वा तम्घास पुतलीवजारमा रहेको कार्यालयमा सम्पर्क गर्न परियोजनाले सवैलाई अनुरोध गरेको छ ।

No comments:

Post a Comment

Leave Your Comment.....