सीता भण्डारी,
जिल्ला वन कार्यालय गुल्मीले जिल्लामा पहिलोपटक कवुलियति वन हस्तान्तरण गरेको छ । गुल्मीको क्षेत्र नंम्वर तिन स्थित दुर्गम गाविसको रुपमा रहेको बाझकटेरी गाविस अन्र्तगत होलवाङ्गमा रहेको ७१ हेक्टर क्षेत्रफलमा फैलीयको राष्ट्रिय वनलाई जिल्ला वन कार्यालयले एक कार्यक्रमका वीच कवुलीयति वनको रुपमा स्थानीय समूदायमा हस्तान्तरण गरेको हो ।
अति विपन्न दलीत तथा जनजातिहरुको समूदाय रहेको वाझकटेरी एक अन्तर्गत होलवाङ्ग क्षेत्रका जनताहरुलाई जिविकोपार्जन र गरिवी न्यूनिकरणकालागि सहयोग पुराउने उद्देश्यले उक्त कवुलीयति वन हस्तान्तरण गरिएको हो । वातावरण संरक्षण र गरिवी न्यूनिकरणकालागि ४० वर्षको लागि उक्त वन कवुलीयति वनको रुपमा हस्तान्तरण गरेको हो । स्थानीय समूदायले सातवटा समूह वनाई वनको संरक्षण गर्न कवुलीयति वन वरिपरि ७ किलोमिटर ढुङ्गाको पर्खाल लगाई विरुवाहरु लगाउने तयारी गरिरहेका छन् । यो वर्ष उक्त कवुलीयति वनमा पाँच सयकादरले ७१ घरधुरिले ३५ हजार ५ सय टिमूरका विरुवा, गजिञ्ग १४ हजार, किम्बु ७ हजार, पैंयू, १० हजार र पाँकुरिका ४ हजार विरुवाहरु लगाउने वताइएको छ । उक्त वनवाट ३ वर्षको अवधिमा प्रति घरधुरि ५० हजारका दरले आम्दानी गर्ने लक्ष्य रहेको कवुलीयति वन तथा पशुविकास कार्यक्रम संयोजक नारायणदेव भट्टराईले जानकारी दिनु भएको छ ।

No comments:
Post a Comment
Leave Your Comment.....