नेवार समुदायले आज सिट्ठी माइ पूजा मनाएका छन । यस बर्षको लागि पालेभाई श्री जुनकुमार मल्लको घरमा गुठीयार भाइहरु भेला भइ सिट्ठी माइको पूजाका लागि लामा चौपारी तर्फ लागेका थिए। सो अबसरमा लामोचौपारी स्थित पौवामा सामुहिक रुपमा माइ पूजा गरी बोका बली चढाएको थियो। त्यस्तै कालिका मन्दिरमा पनि पूजा गरि बोका बली चढाइएको थियो । यो पूजा सम्पन्न गर्नका लागि यस बर्षका पाले भाइहरु जुनकुमार मल्ल, ज्योतिन्द्र मान बजिमय र अमृतमान बजिमय रहनु भएको थियो । त्यस्तै आउदो बर्षका लागि पाले भाईहरुमा जनक श्रेष्ठ, केदार लाल प्रधान र प्रमोद श्रेष्ठ रहनु भएको छ ।
(समाचार तथा तस्बिरहरु सौजन्य: रुरु रिडी नेटवर्क)










No comments:
Post a Comment
Leave Your Comment.....