सीता भण्डारी
गुल्मीका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जिल्लामा "एक व्याक्ती एक विरुवा" को अवधारणा व्यवहारिक रुपमै लागु हुनुपर्नेमा जोड दिनुभएको छ । आज आफ्नै निवास परिसरमा आयोजना गरीएको वृक्षरोपण कार्यक्रममा उहाँले यस्तो वताउनुभएको हो । एक ब्याक्ती एक विरुवाको अवधारणालाई मुर्त रुप दिनु हरेक कर्मचारी एवं ब्याक्तीको कर्तव्य भएको वताउदै प्रमुख जिल्ला अधिकारी नेपालले सवै कर्मचारी
देखि जिल्लाका हरेक वासीन्दालाई वर्षातको मौसममा विरुवा लगाउन आग्रह गर्नुभयो ।
वृक्षरोपण कार्यक्रममा सुन्तला, नासपाति, अम्वा, कागती, तेजपत्ता, चिउरी लगायतका विरुवाहरु रोपिएको सहयक प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले वताउनु भयो । कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, कालिदत्त गुल्मका गुल्मपति सन्तोष कुमार थापा, प्रहरी नायव उपरीक्षक राजकुमार वैदवार, जिल्ला जनस्वाश्थ्य प्रमुख हरिवहादुर केसी, जिल्ला अनुसन्धान अधिकृत विमल डंगोल लगायत विभिन्न संघसंस्था प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment
Leave Your Comment.....