गजल


-अशोक गौतम क्षितिज
वाध्यताले प्रवासी म हुँदा गजल लेखें
मनका वह पिडाहरु फुँदा गजल लेखें।

ठुला भारी वोक्दा खेरी पेट पनि कर्कराउँछ
गर्मी संगै खुन् पसिना चुँदा गजल लेखें।

दिनभरको थकान् अनि त्यसै माथी तिता वचन्
नसकेर खप्न मन रुँदा गजल लेखें।

वाण जस्ता वचन् र मातृभूमी संझनामा
रुंदा रुंदै आशुले मुख् धुँदा गजल लेखें ।

धन कमाउछु सुखी वन्छु ठुलो मान्छे वन्छु
भन्ने सपना मन मै कुँदा गजल लेखे।

पौंदीअमराई -३ गुल्मी
वुटवल संकरनगर पनि मेरो वस्ती
हाल- प्रवास खाडी वाट

No comments:

Post a Comment

Leave Your Comment.....