विष्णु पौडेल
घाँस काट्न जाने क्रममा भीरवाट लडेर गुल्मीको वाग्लामा सोमवार एक वृद्धाको ज्यान गएको छ । वाग्ला गाविस वडा नम्वर ३ का अन्दाजी ७० वर्षका जुठे कामीकेा दिउसो भीरवाट लडेर मृत्यु भएको हेा । वाग्ला ५ मा रहेको भैलेखानी भीरमा घाँस काट्न जाने क्रममा लडेर जुठेको मृत्यु भएको वताइएको छ । उनको भीरवाट झण्डै १ सय ५० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय हिमप्रकास पन्थीले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment
Leave Your Comment.....