गजल

-अशोक गौतम क्षितिज


रुवाउनु सम्म रुवायो शहरले ।
दुखाउनु मुटु दुखायो शहरले ।

धुलो धुवां ध्वनी र प्रदुषण
कुवाउनु धेरै कुवायो शहरले ।

छोटा कपडाको भरमा जिउ सारा
झुकाउनु नजर् झुकायो शहरले ।

हत्या हिंसा अपहरण र चोरी
लुटाउनु मानव् लुटायो शहरले ।

हुने संग पैसा छ नहुने विचरा
सुताउनु भोकै सुतायो शहरले ।




पौंदिअमराई- ३ गुल्मी 
हाल- प्रवास खाडी वाट

1 comment:

Leave Your Comment.....