मोटरसाईकलको ठक्करबाट एक पैदलयात्री गभिंर घाईते

कृष्ण बिसी 
नवलपरासी, फागुन १० । नवलपरासीको रामग्राम ३ परासीमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्री गभिंर घाईते भएका छन । सुनवलबाट परासी तर्फ जादै गरेको ग ४ प ७५८२ नवंरको मोटरसाईकलको ठक्करबाट रामनगर ४ भुतहवा निवासी बर्ष ६० का रतन चौधरी गभिंर घाईते हुनुभएको हो । घाईतेको जिल्ला अस्पताल परासीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ ।यसैबिच जिल्लाको शिवमन्दिर ३ मा आफै अनियन्त्रीत भई मोटरसाईकल पल्टदा चालक गभिंर घाईते भएका छन । बिपीचोकबाट सगंमचोक जादै गर्दा लु १६ प ५२९ नवंरको मोटरसाईकल अनियन्त्रीत भई सडकमै पल्टिदा सोही गाविस बडा न २ निवासी बर्ष २४ का रामचन्द« सुवेदी गभिर घाईते हुनुभएको हो । घाईते सुवेदीको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।  

No comments:

Post a Comment

Leave Your Comment.....