कविता: घाम


-खहरे
रुपाकोट, गुल्मी

तिमी जस्तै
त्यो घाम पनि
बिस्तारै स्वरूप लिएर आएको थियो, लाली रंगहरुको.

न्यानो जस्तो अँगालो, निल कमल झैँ,
सम्भोग जस्तो तातो, गुलाब-गुलाब झैँ,
र बिस्तारै,
साँझ  जस्तो बिछोड, कमलपित्त झैँ ,
अनि
शीत जस्तो रुवाइ दिएर गएको घाम,
जादा
  म "आफु" नै भएर गएछ .

घाम
अर्थात
पहिलेको तिमी.

No comments:

Post a Comment

Leave Your Comment.....