Hi quest ,  welcome  |  Sign Up  |  Register Now  |  Need Help ?

लगातारको बन्दले जिल्लामा दैनिक उपभोग्य सामाग्री अभाव, मुल्य आकासियो

Posted By Admin on Sunday, May 20, 2012 | 7:00:00 PM

लगातारको बन्दसँगै जिल्लामा खाध्यान्न, पेट्रोलियम तथा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव शुरु भएको छ । गत केही दिनदेखीको निरन्तरको बन्दले पर्याप्त रुपमा खाध्यान्न तथा दैनिक उपभोग्य सामाग्रीहरु ढुवानी हुन नसकेकाले अभाव सिर्जना भएको हो । जिल्लामा पर्याप्त इन्धनको अभाब सँगसँगै सर्वसाधारण, एम्बुलेन्स तथा अत्यावश्यक सवारीसाधनहरु समेत मर्कामा परेका छन । बजारमा खाना पकाउने एलपी ग्याँस पाउन छाडेपछी उपभोक्ताहरु थप मर्कामा परेका छन । त्यस्तै बन्दका कारण तरकारी तथा फलफुल समयमा आयात हुन नसकेपछी तरकारी तथा फलफुल ब्यवसायीहरुले ति बस्तुहरुको मुल्य बढाउँदा उपभोक्ताहरु चर्को मुल्य तिर्न वाध्य भईरहेका छन ।      
7:00:00 PM | 0 प्रतिकृयाहरु

आदिबासी जनजातिको बन्दले गुल्मी सहित देसभरको जनजीवन ठप्प

पहिचान सहितको संघीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त संर्घष समिति लगायतका विभिन्न संर्घष समितिले गरेको ३ दिने बन्दको पहिलो दिन आज गुल्मी जिल्लाका साथै देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण गुल्मीको सदरमुकाम तम्घासका साथै ग्रामीण क्षेत्रका कुनै पनि भागबाट लामो तथा छोटो दुरिका सवारीहरुसाधनहरु चलेनन बजार, ब्यवसाय, पसल, उधोग तथा कलाकारखानाहरु पनि ठप्प नै रहे । सरकारी कार्यालयमा पनि दिनभर सेवाग्राहीहरु नआएपछी दिनभर कार्यालयहरु सुनसान नै रहे । सदरमुकाम तम्घास तथा अन्य स्थानका मुख्य मुख्य चोकहरुमा बन्दकर्ताहरु बिहानइ देखी बसेका थिए । जिल्लाको ग्रामीण क्षेत्रहरुमा पनि बन्दको पूर्ण प्रभाव परेको छ । बन्दको पुर्वसन्ध्यामा हिजो बेलुकी आदिबासी जनजाती महासंघ गुल्मीले मसाल जुलुस र र्‍याली समेत निकालेको थियो । महांसंघ गुल्मीले सवारीसाधनको आवश्यकतालाई मध्यनगर गर्दै आज बेलुका ५ बजे देखी भोली बिहान ५ बजे सम्म बन्द खुला गरिएको र त्यसपछी बन्द यथावत रहने बताएको छ ।    
6:52:00 PM | 0 प्रतिकृयाहरु

जापान पुगे एमाले नेता तथा पुर्व उर्जामन्त्री गोकर्ण बिष्ट


टोकियो/नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) जापान टोकियो कमिटीको आयोजनामा यही मे २० तारिख,  १९ औं मदन-आश्रित दिवसका अबसरमा हुने बिशेष समारोहमा प्रमुख अथितिको रुपमा सहभागी हुन नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री गोकर्ण बिष्ट आज जापान आइपुग्नुभएको छ । उहाँलाई एनडिएफ जापान केन्द्रीय अध्यक्ष सिर्जना काफ्ले, आयोजक कमिटीका संयोजक देविलाल भण्डारी र सचिब बुद्धिराज घिमिरेले नारिता विमानस्माथल स्वागत गर्नुभएको थियो ।
अयोजक कमिटीले मई २० गतेको कार्यक्रमलाई मार्यदित र ब्यबस्थित गर्नको लागि एनडिएफ जापानका केन्द्रीय सदस्य प्रकाशमान महराको संयोजकत्वमा १५ सदस्यीय स्वयंसेबक कमिटी गठन गरेको छ । उक्त कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्व उर्जामन्त्री गोकर्ण बिष्टले प्रमुख अथितिको रुपमा सहभागी हुने र नेपालमा जलबिधुत क्षेत्रका समस्या र समाधानका बिषयमा अन्तरक्रिया कार्यक्रम पनि हुने छ ।
समुन्द्रपारी डट कमबाट
5:17:00 PM | 0 प्रतिकृयाहरु

धरानमा झडपः २ राउण्ड गोली चल्यो (भिडियो)

धरान, ६ वैशाख । बन्दको पूर्वसन्ध्यामा आदिवासी जनजाति संयुक्त संर्घष समितिले निकालेको मसाल जुलुसमा प्रहरीले १५ सेल अश्रुग्यास तथा २ राउण्ड हवाइ फायर गरेको छ। समितिले निकालेको मसाल जुलुसलाई प्रहरीले हस्तक्षेप गर्ने क्रममा एचकेनेपाल डट कमका प्रतिनिधीसहित एक दर्जन घाइते भएका छन्। आउनुस् भिडियो हेरौ

5:03:00 PM | 0 प्रतिकृयाहरु

पेन्सन क्याम्पमा चितुवा पस्यो, रुखबाट तस्बिर लिनेलाई रुखमै चढेर आक्रमण प्रयास


विष्णु पौडेल
गुल्मीको सदरमुकाम तम्घासमा जारी भारतीय पेन्सन क्याम पेरिसरमा विहान चितुवा पसेपछि पेन्सन वितरण कार्य केहीवेर रोकिएको थियो । विहान पाँच वजे पेन्सन क्याम्प परिसरमा चितुवा पसेको देखेपछि फैलिएको आतंकले पेन्सन वितरण कार्य प्रभावित भएको हो । यहि वैशाख २४ गतेदेखि जारी भारतीय पेन्सन क्याम्पमा पेन्सन वितरणको कार्य विहानै साढे ६ वजेदेखि शुरु हुने भएपनि चितुवाको आतङ्कले साढे दुईघण्टा ढिला गरी साढे ८ वजे पछि मात्र सुचारु भएको जिल्ला सोल्जरवोर्ड कार्यालय गुल्मीले जनाएको छ।
पेन्सन क्याम्प भित्र पसेको चितुवालाई कालीदत्त गुल्मका नेपाली सेना र जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रहरी टोलीले झण्डै तीन घण्टाको लामो प्रयासपछि धपाएका थिए । वरिपरि तारवार गरेका कारण उक्त चितुवा वाहिर निस्कन नसकेपछि लगाईएको तारको जाली काटेर मात्र उक्त चितुवा वाहिर निस्केको थियो । चितुवा धपाउने क्रममा चितुवाको तस्विर लिन रुखमा चढेका प्रहरी जवानलाई चितुवाले सोही रुखमा चढि आक्रमणको प्रयास गरेको थियो तर प्रहरीको चातुर्यताका कारण उनी चितुवाको आक्रमणवाट वच्न सफल वनेका थिए । चितुवा पसेको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार, कालीदत्त गुल्मका गुल्मपति सन्तोष कुमार थापा लगायत संचारकर्मिहरु समेत उक्त स्थानमा पुगेका थिए । चितुवा हेर्न विहानैदेखि सर्वसाधारणहरुको निकै घुँईचो लागेको थियो ।
4:35:00 PM | 0 प्रतिकृयाहरु

दरमखोलामा चार वर्षसम्म पनि पुल बनेन, जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य


गंगा खड्का
राजधानीमा बसेर दूरदराजका जनताको समस्याबारे चर्का कुरा गर्ने स्थानीय प्रतिनिधि अनि विकासका काममा कहिल्यै आँखा नपुर् याउने सरकार कसैको पनि आँखा नपर्दा गुल्मी र बाग्लुङका जनताले पाउनसम्म दुःख पाएका छन् ।  

भौतिक पूर्वाधार निर्माणका लागि भन्दै जनताबाट चर्को कर असुलेर पनि त्यसको लाभ प्रभावकारीरुपमा जनतासम्म नपुर् याउने सरकारको चालाले जनताले सरकार छ कि छैन भन्ने दूरदराजका अनुभूति समेत गर्न नसकेका हुन् ।

लुम्बिनी अन्चललाई मध्यपहाडी लोकमागसँग जोड्ने गुल्मी दरमखोला पुल निर्माण सुरु भएको चार बर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा बाग्लुङ र गुल्मीका जनताले सासको समेत आस मेटाएर यात्रा गरिरहनु परेको छ ।  

गुल्मी जिल्लाको वामीटक्सार र बाग्लुङको दगातुम्डाँडाको बीचमा पर्ने दरमखोलामा निर्माणाधीन मोटरएबल बेलिब्रीज सुरु भएको चार वर्षसम्म पनि नसकिएकाले सर्वसाधारणले यस्तो कठिनाई भोग्नु परेको हो ।

पक्की पुल निर्माण हुन लागेको भन्दै झोलुङ्गे पुल समेत भत्काइएको तर समयमा पुल निर्माण नभएपछि त्रासदीपूर्ण यात्रा गर्न जनता बाध्य भएका छन् । पक्की पुल निर्माणमा ढिलाईं भएकाले दैनिक आवतजावत र मालसमान ढुवानीका लागि सर्वसाधारणले निकै कठिनाई भोग्नु परेको छ ।

पुल नभएपछि स्थानीय बासिन्दाले अस्थायी पुल बनाएर आवतजावत गर्ने गरेकाले जोखिम त्यतिकै छ । अस्थायी पुलबाट ओहोरदोहोर गर्ने क्रममा तीन जना महिला एक बालिका र एउटा मोटरसाइकल खोलामा खसिकेका छन् ।

बुटवलदेखि पाल्पा तम्घास हुँदै बाग्लुङ्ग क्षेत्र नं ३ र रुकुम रोल्पासम्म दैनिक उपभोग्य बस्तुहरु ढुवानी गर्ने एकमात्र बाटोमा वर्षात्को समयमा गाडी चल्दैन । खच्चडलाई बोकाएर सामान ढुवानी गर्ने क्रममा धेरै खच्चडहरु समेत दरमखोलाले बगाएर बेपत्ता भएको स्थानीयवासी बताउँछन् ।

पुल नहुँदा समस्यामा परेका बाग्लुङ क्षेत्र नम्बर तीन र गुल्मी क्षेत्र नम्बर एकका जनताले धेरै पटक कुरा उठाए पनि कसैले नसुनेकाले वर्षा सुरु हुन लागेपछि उनीहरु झन चिन्तित भएका छन् ।

सडक डिभिजन कार्यालय पाल्पाले साढे २ करोड रुपैयाँ लागतमा निर्माण गरिरहेको यो पुल गुल्मीको रिडी रुद्रवेणी वामी हुँदै बाग्लुङ्गको खर्वाङ्गमा मध्यपहाडी लोकमार्गसंग जोड्ने पुल हो ।

पुल निर्माण ढिलाई हुन गएको सम्बन्धमा निर्माण व्यावसायी डिल्लीराज भुसाल आफै पनि चिन्तित रहेको बताउँछन् । गतवर्ष पुल जडानका लागि ल्याइएको निर्माण सामाग्री पाल्पामा ट्रक पल्टिएर क्षति भएपछि निर्माण ढिलो भएको भुसालले बताए ।

पूर्वानुमान अनुसारभन्दा पुलको आकार समेत बदल्नु परेकाले पुल निर्माण ढिलाई भए पनि यसलाई छिटोभन्दा छिटो सक्ने उनको भनाइ छ ।

यद्यपि, लामो समयसम्म पनि पुल निर्माण हुन नसकेपछि निराश र आक्रोशित बनेका स्थानीय बासिन्दा भने यस कुरामा विश्वस्त छैनन् । उनीहरुले आफूहरुको दुःखेसो सुन्दिएर छिटोभन्दा छिटो पुल निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।  

4:39:00 AM | 0 प्रतिकृयाहरु

अर्का एक नेपालीद्वारा लिङ्ग परिवर्तन, केटालिन पन्त भन्दा पहिले नै लिङ्ग परिवर्तन गरेको दाबी

Posted By Admin on Saturday, May 19, 2012 | 6:50:00 PM


"नेपालमा श्रीमती सहित २ छोरा छन, भारतमा ब्वाईफ्रेण्ड छ रे तर अझै बिहे गर्न नेपालमै उपयुक्त युवाको खोजी गर्दै "


वर्दिया जमुनि ६ का ३० बर्षिया  लालबहादुर सुनारको नाम फेरिएको छ, रानी कुँवरको रुपमा । लालबहादुर सुनारका घरमा श्रीमती र दुइ छोरा छने । रानी कुँवर बनेपछि उंहा दुलाहाको खोजीमा हुनुहुन्छ । मन त मेरो विहे गर्नेछ, नेपालगन्जमा विहिवार उहाँले भन्नुभयो देख्नमा राम्रो, बलवान केटा पाए विहे गर्न तयार छु । एक दशक अघि घरवाट  भारत पुगेका लालवहादुरले अहिले लिङग परिवर्तन गर्नुर्भएको छ महिलाका रुपमा । उहाँ एउटी सुन्दर महिला बन्नुभएको छ । भारतको मुर्म्बईमा तीन लाख भारतिय रुपियामा लिङग परिवर्तन गरेको उहाले जानकारी दिनुभयो  ।
यसैगरि एक लाख रुपियामा छातीको शल्यक्रिया गरेपछि उहाँ पूर्ण  महिला बनेको बताउनुहुन्छ  । मुर्म्बईमा मेरो २३ बर्षे व्वाइफ्रेन्ड पनि छ कुराकानीका क्रममा अलि खुलस्त हुदै उहाँले भन्नुभयो फ्रेण्डशिप राम्रो चलेको छ । आफु महिला बनेपछि श्रीमती र दुई छोरालाई भेट्दा माया लागेको उहाले बताउनु भयो । लिङग परिवर्तन गरेको आठ वर्षभएको उहाले जानकारी दिनुभयो । लिङग परिवर्तनपछि आफु पटक पटक नेपाल आएको उहाँको भनाई छ ।
आफु जन्मजात तेस्रो लिंगी भएको बताउदे उहाँले घर परिवारले दवावमा विहे गरिदिएकाले सन्तान जन्मिएको दावी गर्नुभयो । आफु घरमा बस्दासमेत दिदीको लिपिस्टिक लगायतका सामान प्रयोग गर्ने गरेको उहाँले बताउनु भयो । आफु गरिव परिवारको भएकाले शारिरिक अशक्त भए पनि गाउँकै धनी परिवारकी युवतीसंग विहे भएको केहि बर्षमै भागेर भारत पुगेको उहाँको भनाई छ । एक साताअघि वर्दिया स्थित आफ्नो घरमा पुगेको उहाँको भनाई छ ।  एक साताअघि बर्दियास्थित आफ्नो घरमा पुगेका उहाँलाई हेर्नको भीड लागेको थियो  । धेरैले राम्रो भने कतिले अचम्म माने उहाँले भन्नुभयो । उहाँ पछिल्लो समय नेपालगञ्जमा आवतजावत गरिरहनुहुन्छ । तर कसैले पनि उहाँलाई लिङग परिवर्तर्न गरेको भनेर पहिचान गर्न सक्दैनन् । आर्थिक अवस्थामा निकै कमजोर लालबहादुरले विवाहको केही वर्षै जन्माएर छोडेका छोरा विजय र विनय अहिले ६ र ९ कक्षामा पढिरहेका छन् । पारिवारिक दायित्व बहन नगरेर अपाङता भएकि श्रीमतीलाई छोडेको उजुरी परेपछि उहाँलाई जिल्ला प्रहरी कार्यालयले सोधपुछका लागि बोलायो । तर भोलिपल्ट सहमतिमै छोड्यो । स्रोत: गोरखापत्र
6:50:00 PM | 0 प्रतिकृयाहरु

विदेशबाट नेपाल फर्केका खनाल काठमाडौँमै हराए

प्युठान, ६ जेठ । खाडी मुलुक दुबईबाट घर फर्किएका प्युठान खैरा-१ का धनप्रसाद खनाल काठमाडौँमै हराएपछि उनका परिवार चिन्तित भएका छन् । 'वैदेशिक रोजगारका लागि दुबई जानुभएका श्रीमानले यही जेठ ३ गते राति आफू काठमाडौँ आएको भनी ४ गते बिहान घरमा संपर्कs गर्नुभएको थियो । तर काठमाडौँ आएको तीनदिन बितिसक्दा पनि  उहाँ संपर्क बाहिर रहनुभएको' उहाँकी श्रीमती नारायणी खनालले बताउनुभयो ।
'कुराकानीका क्रममा आफू काठमाडौँको एक गेष्ट हाउसमा बसिरहेको र अहिले १० मिनेटपछि फेरि फोन गर्छु भन्नुभएको उहाँ अहिलेसम्म संपर्कमा हुनुहुन्न'- नारायणीले भन्नुभयो ।  होटलको नाम खुल्न नसकेको र पहिलो दिन संपर्क गरेको टेलिफोन नम्बरमा फोन गर्दा उनीहरुसहित चारजना होटल छोडेर गएको भन्ने होटल मालिकले जानकारी दिएको प्रहरीले जनाएको छ । खनालका परिवारले उहाँको खोजतलासका लागि काठमाडौँ प्रहरीमा फोटोसहित हुलिया दिएका छन् भने उहाँको खोजबिनका लागि जिल्लाका पत्रकार र मानवअधिकारकर्मीहरुसँग पनि अनुरोध गरेका छन् । खनालका एक छोरा र एक छोरी छन् । रासस
6:41:00 PM | 0 प्रतिकृयाहरु

बुद्द जयन्तिको अवसरमा दुबईमा शेर्पा किदुंगको साँस्कृतिक कार्यक्रम (फोटोहरु)


लालबहादुर ढेंगा, दुबई, युएई
विश्वमा नै शान्तिको प्रतिक र शान्तिको दूत मानिने बुद्ध भगवानको २५५६ औं जयन्ती विधिवत रुपमा पूजाआजा र विभिन्न रंगारंग सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् । सो जयन्ती कार्यक्रम शेर्पा किदुग युएईको आयोजनामा गत १८ मे शुक्रबार का दिन दुबईको एभरेष्ट होटलमा गरेको हो ।


उक्त कार्यक्रमको प्रमुख अतिथिमा जनजाति महासंघ युएईका अध्यक्ष गिरमान थापा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता शेर्पा किदुग युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाले गर्नु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए । अतिथिहरुबाट भगवान बुद्धको तस्विरमा चावलले पूजा गर्दै थालनी गरिएको कार्यक्रममा विभिन्न फलफुल र बिस्कुटलाई प्रसादको रुपमा उपस्थित सबैलाई बाढिएको थियो । वक्ताहरुले आ–आफ्ना मन्तव्यको क्रममा बुद्ध नेपालमा जन्मिएको हो र वहांको भक्तहरु विश्वमा फैलिएको बताए । आजकलको यो राजनीतिक माहौलले गर्दा देशमा अशान्ति छाएको बेला बुद्धले दिएको उपदेशहरु अपनाउनु पर्नेमा जोड दिएका थिए ।
पहिलो सांगीतिक कोशेली स्थानीय गायक राजन समालको गीत “पानधारे चौकी माया पो नलाई मरिन्छ कि” भन्ने गीतबाट थालनी गरे लगत्तै आङसानी शेर्पाको “सपनीमा हो कि विपनीमा हो” भन्ने गीतमा नृत्य गर्दै माहौललाई तताएको थियो । त्यस्तैगरी कपिल तामाङको गीत “तुलसी आगनमा रोपौला”, “मौरी तेसै घुम्दैन” गीतमा छाङजी शेर्पाको नृत्य र “यो दिल किन ढक–ढक गर्छ” गीतमा विना तामाङको नृत्यले सुनमा सुगन्ध थपिदिएको थियो । विविध सांगीतिक माहौलमा मनाएको २५५६ औं बुद्ध जयन्ती कार्यक्रमलाई केन्द्रीय सदस्य तेन्जिङ शेर्पाले संचालन गर्नुभएको थियो ।









6:34:00 PM | 0 प्रतिकृयाहरु

शान्ति र सद्भावको लागि गुल्मीमा सद्भाव र्‍याली


जनार्दन घिमिरे
शान्ति र सद्भावको कामना गर्दै गुल्मीको सदरमुकाम तम्घासमा आज सद्भाव र्याली निकालिएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा आवह्वान गरिएको उक्त सद्भाव र्यालीमा जिल्ला स्थित सम्पूर्ण राजनैकिदल, नागरिक समाज, उद्योगि व्यापारी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
र्‍यालिका सहभागिहरुले लगातारको वन्द र हड्तालका कारण जातीय सद्भाव खल्वलीन सक्ने र जनजीवनलाई समेत प्रभाव पार्न सक्ने भन्दै जातीय र धार्मिक सद्भावको आव्हान गरेका थिए । सदरमुकाम तम्घासको लाकुरी मञ्चवाट निकालीयको सद्भाव र्याली वजार परिक्रमा गरि पुन सोही स्थानका पुगि कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले सम्वोधन गरेका थिए । त्यसै गरि वन्दको समयमा आयोजना हुने कार्यक्रमहरुको अनुगमन गर्न आजै जिल्लामा मानव अधिकारकर्मि नरेश भण्डारीको संयोजकत्वमा जिल्ला स्तरीय अनुगमन समितिको समेत गठन गरिएको छ । उक्त समितिले वन्दको समयमा उत्पन्न हुनसक्ने विभिन्न गतिविधिहरुको अनुगमन गर्ने वताईएको छ ।

3:55:00 PM | 0 प्रतिकृयाहरु

रोचक प्रसँग

'नेपालीहरूलाई सेक्स गर्न आउँदैन'

सामान्यतः नेपालीहरूलाई सेक्स गर्न आउँदैन । सेक्स भन्नेबित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनिमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जबकि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि भन्ने, व्यवहार गर्ने, आकषिर्त गर्ने जस्ता धेरै कुरा यौनभित्र पर्छन् । ती विषयमा धेरैले ध्यान दिँदैनन् । मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको मान्छन् । समस्या यहीँबाट सुरु हुन्छ । वास्तवमा सेक्स कसका लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनौं ।

अहिले बिभिन्न जनजाती, मधेसी तथा बाहुन छेत्रीले गरेको बन्दको बिषयमा तपाईंको बिचार ?

दैनिक राशिफल

Watch Lok Dohori NTV LIve TV Filmy Live लुकेको स्वर्ग गुल्मी Tamghas Valley Gulmi Shantipur Timure

मनोरन्जन संसार

लोक-दोहरी गीतहरु

मिडिया पार्टनर

info@gulminews.com