Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीजिल्ला भर टेलिफोन सेवा

Published on 5:45:00 PM //

ई??नेपाल टेलिकमले जिल्ला भर टिप्न सक्ने गरी सिडिएमए र स्काई मोवाईल सेवा संचालन गरेको छ ।
कार्यालयले बम्घा गाविसको बम्घाकोटमा तिन हजार क्षमताको टावर निर्माण गरी बिटिएस जडान गरेपछि टेलिफोन सेवा जिल्ला भर पुगेको हो । यस अघि सदरमुकाम तम्घास वरपर र पाल्पाको टावरबाट पर्ुर्वी र दक्षिणी क्षेत्रका सिमित गाविसमा मात्र यो सुविधा थियो ।
बम्घा टावर संचालनमा आएपछि जिल्ला भर टेलिफोन सेवा पुगेको र अब असोज भित्रमा जिल्लामा टेलिफोनका सबै सेवालाई माग्ने बित्तिकै दिन सकिने बनाईने नेपाल टेलिकम गुल्मीका प्रमुख ऋषिराम न्यौपानेले बताए । कार्यालयका अनुसार जिल्लामा अहिले ७ सय १५ प्रिपेड सिडिएमए, ७ सय ३५ साधारण टेलिफोन, ५ सय भन्दा बढी स्काई मोवाईल र ५ सय नमस्ते मोवाईल संचालनमा छन् । जिल्लाबाटै सबै प्रविधिका मोवाईल सिमकार्ड वितरण गर्न र्सवसाधरणले पटक पटक आग्रह गरेपनि टेलिकमको शाखाले अहिलेसम्म त्यसको कुनै पहल गरेको छैन् ।
टेलिकम कार्यालयले सिडिएमए फोनका लागि बम्घा र रेसुङ्गाडा“डा“मा टावर बनाएको छ । ‘दुवै टावरले नभेटेको केही स्थानहरुका लागि पनि तत्कालै र्सर्भे गरी टावर निर्माण कार्य गरिनेछ’-कार्यालय प्रमुख न्यौपानेले भने-’अब छिट्टै नै जिल्लामा सिडिएमए र नमस्ते गरी ६ हजार क्षमताको बिटिएस जडान गर्ने तयारी भैरहेको छ ।’ अहिले ३ हजार क्षमताको मात्र बिटिएस जडान भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग