Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महायज्ञबाट डेढ करोड

Published on 11:36:00 AM //

गुल्मी, मंसिर १८ - क्याम्पस चलाउन यहा“ आयोजित महायज्ञमा तेस्रो दिनसम्म झन्डै डेढ करोड रुपैया“ संकलन भएको छ ।
तराङ गाविसको ज्ञानोदय उच्चमाविलाई क्याम्पस बनाउन भएको यज्ञमा दाताहरूले उदार भएर सहयोग गरेका छन् । स्थानीय वयोवृद्ध रामनाथ अर्यालले ३ लाख ११ हजार १ सय ११ रुपैया“ दिएका छन् । उनी विद्यालयका संस्थापक हुन् । 'अन्य दाताहरूको रकम हेरेर पछि थप्नेछु,' गाउ“मा क्याम्पस खुल्ने भएपछि उत्साहित उनले भने- 'विद्यालयका लागि जति पनि सहयोग गर्न तयार छु ।'

त्यस्तै बिना रजालीले १ लाख ५२ हजार, बलिथुमका जयलाल क“डेलले १ लाख ५१ हजार दिएका छन् । यज्ञमा १ लाख ११ हजार दिने १२ जना छन् । ५० हजार रुपैया“भन्दा माथि सहयोग गर्ने ६० जना पुगेका छन् ।

यज्ञ आयोजक समितिका अध्यक्ष हर्रि्रसाद गौतमले दर्ुर्ुइ करोड संकलन लक्ष्य लिएकामा त्योभन्दा बढी उठ्ने संकेत देखिएको बताए ।

मजुवामा क्याम्पस निर्माणपछि त्यस क्षेत्रका तुराङ, रूपाकोट, आ“पचौर, जुनिया, जुहाङ, हु“गा, जुभुङ, बलिथुम लगायतका विद्यार्थीलाई सजिलो हुनेछ ।

Tags:

1 comment

  1. I am heartily happy to read this news. If we are concentrate to establish Diploma in Majuwa, we will success.

    Mani Aryal
    Qatar

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग