Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पसलाई एक्लै ५१ लाख

Published on 1:17:00 PM //

गुल्मी, मंसिर २३ - तुराङस्थित ज्ञानोदय माविलाई क्याम्पस बनाउन मजुवामा आयोजना गरिएको महायज्ञमा आइतबार एकै व्यक्तिले ५१ लाख ५१ हजार नगद सहयोग गरेका छन् ।
दाताहरूको भीड लागेकाले आइतबार दिउ“सो समापन हुनुपर्ने यज्ञ सा“झसम्म पनि टुंग्याउन सकिएको छैन ।
पा“च वर्षघिसम्म उक्त विद्यालयका शिक्षक रहेका आ“पचौर गाविस निवासी ६० वषर्ीय टीकाराम अर्यालले सबैभन्दा
बढी उक्त सहयोग गरेका हुन् । अहिले उनी काठमाडांै महानगरपालिका-१० बत्तीसपुतलीमा बस्दै आएका छन् । उनका छोरा १८ वर्षेखि फिनल्यान्डमा होटल व्यवसाय गर्छन् ।
छोराहरूले पठाएको रकम गाउ“मा क्याम्पस बनाउन सहयोग गरेको उनले बताए ।
करिब २ करोड उठाउने लक्ष्य राखे पनि आइतबार सा“झसम्ममा अर्ढाई करोडभन्दा बढी रकम उठिसकेको यज्ञ समितिका अध्यक्ष हर्रि्रसाद गौतमले बताए ।
५० लाखभन्दा माथि दिनेको नामबाट क्याम्पस नामकरण गरिने पर्ूवघोषणा अनुसार समितिले टीकारामकै नामबाट क्याम्पसको नामकरण गर्ने जनाएको छ । अहिलेसम्म रूपाकोट गाविस निवासी अनन्तराम भण्डारीले ५ लाख बराबरको जग्गा दान गरेका थिए भने त्योभन्दा तल स्थानीय रामनाथ अर्यालले ३ लाख ११ हजार नगद प्रदान गरेका थिए । यज्ञ समापनका दिन आइतबार दाताहरूको भीड लागेको थियो । ५० हजारभन्दा माथि दिनेको नामसमेत यज्ञबाट पढेर सुनाउन नसकिएको गौतमले बताए ।
यज्ञमा १००८ स्वामी विवेकानन्द र ज्ञानानन्दले प्रवचन दिएका थिए । यज्ञ आइतबार समापन भनिए पनि दाताको नाम बाचन गरेर नसकिएकाले सा“झसम्म चलिरहेको छ । राति अबेर भए पनि समापन गरिने उनले बताए ।
क्याम्पस निर्माणपछि तुराङ, रूपाकोट, आ“पचौर, जुनिया, जुहाङ, हु“गा, जुभुङ, बलिथुमलगायत क्षेत्रका विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि टाढा धाउनुपर्ने छैन । अहिले यहा“का विद्यार्थी क्याम्पस अभावमा पाल्पा, बुटवल र काठमाडांै जान्छन् । उच्च मावि सदरमुकाम तम्घासबाट पा“च कोस टाढा छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतन बस्नेतले गाउ“का युवालाई अध्ययनका लागि टाढा पुग्नुपर्ने समस्यााबाट मुक्त गर्न यज्ञ आयोजना गरिएको बताए । विद्यालयमा १ हजार १ सय विद्यार्थी छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग