Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा एक महिनापछि तेल

Published on 12:23:00 PM //

Gulmi Darshan

गुल्मी, साउन १४ - एक महिनापछि जिल्लामा मंगलबार डिजेल र पेट्रोल भित्रिएको छ ।
थोरैमात्र आएकाले र बिहानैदेखि सदरमुकाम तम्घासको शिवशक्ति आयल स्टोर्समा सवारी धनीहरूको लाम छ । जिल्लामा ९ हजार लिटर डिजल र ३ हजार लिटर पेट्रोल भित्रिएको हो ।
स्थानीय प्रशासनले इन्धन ल्याउने विषयमा चासो नदेखाएकाले अन्य जिल्लाहरूको तुलनामा गुल्मीमा आवश्यकता अनुसार नआएको व्यवसायीले बताएका छन् । जिल्लामा प्रतिमहिना ४० हजार लिटरसम्म इन्धन खपत हुनेगरेको छ । एक महिनापछि आएको पेट्रोल र डिजल पनि धेरै परिमाणमा सेना र माओवादीले दबाबमा लिएपछि र्सवसाधरण मर्कामा परेका छन् ।
लामो समयसम्म इन्धन अभाव हु“दा गुल्मीमा सुनौलीबाट लुकाएर ल्याएको पेट्रोल यसअघि प्रतिलिटर २ सय रुपैया“सम्ममा बिक्री हुनेगरेको थियो । स्टोर्सले मोटरसाइकल धनीलाई प्रतिमोटरसाइकल सुरुमा दस लिटरका दरले पेट्रोल उपलब्ध गराएको थियो । तर माओवादी र स्थानीय भैरवप्रसाद गणका सेनाका जवानले दबाब दिएर ८० लिटरसम्म पेट्रोल लगेपछि सुरुको अनुपात घटाएर पा“च लिटरका दरले उपलब्ध गराइएको छ ।
Source:- Kantipur

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग