Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी हत्याकाण्डमा चार अभियुक्त पक्राउ

Published on 2:48:00 PM //

Gulmi Darshan

गुल्मीको बस्तु गविस १ घाट निवासी रमेश पाण्डेकी ४१ बर्सीय श्रीमती पवित्रा पाण्डे र १४ बर्सीय छोरी शिल्पा पाण्डेको हत्यामा सङ्लग्न ब्याक्तीलाई जिल्ला प्रहरी कार्यलयले आईतवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । आईतवार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद चौधरीले हत्याको सम्बन्धमा प्रहरी द्वारा गरिएको प्ररम्भिक प्रतिबेदन सार्वजनीक गर्दै उक्त घटनामा अमरपूर गविस २ निवासी २२ बर्षिय हरी थापा , २५ बर्षिय बिष्णु थापा , बस्तु गविस १ का २० बर्षिय कमल नेपाली र अमरपुर गविस १ का २६ बर्षिय पढ्मे कुमालले हत्या गरेको जनाएको छ । उनिहरुले गत साउन २५ गते धन्माल लुटेर गाडी किन्ने योजनाका साथ हत्या गरेको र यो कृयाकलापमा छोरी सिल्पालाई बलात्कार गरेर आमा छोरी लाई घाटी थिचेर हत्या गरेको अबियुक्तहरुले स्विकारेको प्रहरिले जनाएको छ ।

Tags:

1 comment

  1. aba yasta samachar kahilyai sunnu naparos

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग