Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरामा पुरिएर दर्ुइजनाको मृत्यु ६ घर विस्थापित

Published on 1:49:00 PM //

गुल्मी, असोज ४ - अविरल वषर्ाले गएको पहिरामा पुरिएर शुक्रबार दर्ुइ जनाको मृत्यु भएको छ । पहिराले राजमार्ग अवरुद्ध हु“दा शनिबारदेखि यातायातसमेत ठप्प भएको छ । कर्ुघा गाविस-५ लौरेसिमलमा पुरिएर २६ वषर्ीय गीता कुमाल र ७ वषर्ीय उज्ज्वल कु“वरको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरूलाई घरमा सुतिरहेका बेलामा पहिराले पुरेको थियो । पहिराले अन्य ६ घर विस्थापित बनाएको वामीटक्सार प्रहरी चौकीले जनाएको छ । त्यस्तै लगातारको झरीका कारण जिल्लाका ठूलादेखि साना सबै सडकहरूमा यातायात अवरुद्ध भएका छन् । लामो समयपछि लगातार मुसलधारे पानी पर्दा सदरमुकाम तम्घासमा रेसुंगा जंगलबाट आएको ठाडो खोलाले दर्ुइ वर्षघि स्थानीयको पहलमा भएको कालोपत्रे सडक भत्काइदिएको छ । सडकबाट पानी बगेपछि तम्घासको खानीगाउ“ र पुरानो बैंकरोडका घरहरूमा खोलाको पानी पसेको छ । त्यस्तै बडीघाट खोलामा आएको बाढीले जोहाङ गाविस-१ परमानन्दनगरमा रहेको रूद्रावती उच्च माध्यमिक विद्यालयको भर्खरै निर्माण गरिएको २ कोठ भवन प्रयोग नहु“दै बगाइदिएको छ । विद्यालयको अन्य भवनमा पनि क्षति पुगेको स्थानीय भानुभक्त भण्डारीले बताए । बाढीले जोहाङ-१ कै खल्लुका रूखमा चार घर बगाएको छ ।स्थानीय सञ्चारकर्मी भण्डारीका अनुसार विष्णु पुलामी, किसन पुलामी, नरसिंह थापा र अर्की एक महिलाको घर बढीघाट खोलाले बगाएको हो । बम्घा गाविसमा पनि १ हजार मुरी धान फल्ने फा“ट बाढीले बगाएको छ । बढीघाट खोलाको बाढीका कारण जोहाङ गाविसकै उल्लीखोला बजारमासमेत क्षति पुर्‍याएको छ । खोला बजार क्षेत्रमा पस्न थालेपछि झन्डै ५० घर रहेको बजार विस्थापित हुन थालेको हेमलाल भण्डारीले बताए ।
Source:- Ekantipur
Photo:- Tara Bhusal

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग