Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका गाउँ गाउँमा दशैको रौनक

Published on 6:45:00 PM //

Gulmi Darshan
असोज २० - दसैका लागि घर बाहिर रहेका विद्यार्थी, कर्मचारी र विदेशिएकाहरू फर्किएकाले गुल्मीका गाउँ गाउँमा दशैको रौनक छाएको छ । अघिपछी सुनसान हुने गाउँहरू यति बेला नौला व्यक्तिको आगमनस“गै पिङ, मेला र मन्दिरहरूमा घुइचो बढेकाले गुल्मेलीहरुमा निक्कै उत्साह थपिएको छ । कोही वषौर्ंपछि घर फर्केकाले घरघरमा खुसी छाएको छ । भारतका विभिन्न शहर र खाडी मुलुकमा मजदुरी गर्न गएका र स्वदेशमै ब्यापार तथा अध्ययनको सिलसिलामा विभिन्न ठाउ“मा छरिएर रहेका सबैजना दसंैका लागि घर फर्केका छन् । 'अहिले गाउ“मा निकै चहलपहल र रमाइलो छ,' रुपाकोटका कृष्ण भण्डारीले भने, 'विभिन्न ठाउ“मा युवाहरू जमघट भएर भलाकुसारी गर्ने, युवाको ओहोरदोहार गरिरहेका देखिन्छन् । गाउहरू टेपरर्ेकर्डरले घन्किरहेका छन् ।' प्रायःजसो युवा कामका लागि मजदुरी गर्न भारत तथा दुबइ, कतार, साउदी, कुवेत, मलेसिया लगायत अन्य खाडी मुलुक जाने गर्छन् । अरू पनि पढ््न, व्यापारलगायतका काम गर्न सहरतिर नै जाने भएकाले महिला, वृद्धवृद्धा र बालबालिका मात्र हु“दा सुनसान देखिने गाउ“मा सबैतिर गएकाहरू फर्केकाले रौनक नै अर्कै भएको छ । बर्ष दुई बर्षमा आएका बुबा, दाइले ल्याएका नया“ लुगा लगाउन पाएकोमा बालबालिका पनि दंग भएका छन् । अष्टमी, नवमी र दशमीका लागि गाउ“लेले बोका, रा“गो किनिरहेका
छन् । अष्टमीका दिन मन्दिरमा रा“गोको बलि मिलेर दिने गर्छन् । बोका घरमा काटेर खाने गर्छन् ।
विगतका केही वर्षा हिंसात्मक द्वन्द्वको चर्को मार खेपेको यस क्षेत्रमा शान्ति भएकाले गाउ“मा दसंै मनाउन आउनेको संख्या उल्लेख्य रहेको छ ।

Tags:

1 comment

  1. ho sanju ji sarai rmaro lagyo dashai ko barema lekheko yo lekh

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग