Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुरु एफ.एफमाथि आक्रमण

Published on 5:01:00 PM //

गुल्मी जिल्लाको श्रृङ्गा गाविसमा रहेको रुरु एफ.एम (९४.८ मेगाहर्ज) को रेडियो कार्यालयमाथि ०६५ पुस ९ गते राति ९ बजेतिर तीन जनाको समूहमा आएको एक नकाबधारी समूहले आक्रमण गरेको छ । कार्यालयमाथि ढुङ्गामुढा प्रहार गरिरहेको समूहलाई स्थानीयबासी मिलेर नियन्त्रणमा लिन खोज्दा उनीहरु फरार रहेको रेडियो स्रोतले बताएको छ । आक्रमणकारीलाई लखेटेपछि स्थानीयवासीले रातभर रेडियो सुरक्षा गरेका थिए । सदरमुकाम तम्घासबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । आक्रमणबाट कुनै क्षति नभएको रेडियोका संयोजक युगराज बस्यालले बताए । घटनाको नेपाल पत्रकार महासंघ गुल्मीले भत्र्सना गरेको छ । महासंघका अध्यक्ष जनार्दन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका अपराधीहरूको तत्काल खोजी गरी कारबाही गर्न प्रशासनलाई आग्रह गरिएको छ । एफएम तीन महिनाअघि सञ्चालनमा आएको हो ।
Source: INSEC & Kantipur

Tags:

1 comment

  1. Yasto jaghanya naajaayaj kaam garnelaai sidhai nidhaara maa shoot garnu parne, saalaa bhaate haru, deshako sampatti todera ramaune khaateharu.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग