Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप समिति चयन

Published on 6:05:00 PM //

गुल्मी जिप व्यवसायी समितिको तेस्रो जिल्ला अधिवेशनले विष्णु खत्रीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
अधिवेशन आइतबार सकिएको हो । समितिमा उपाध्यक्षमा ठाकुर पाण्डे, झकबहादुर मिदुन, सचिवमा रूपक श्रेष्ठ, कोषाध्यक्षमा रमेश श्रीस र सहसचिवमा गुणदेव कुँवरलाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै ७ जना सदस्य पनि चयन भएका छन् । दुई दिनसम्म चल्ने भनिएको अधिवेशन आर्थिक प्रतिवेदन र नेतृत्व चयनमा विवाद बढेपछि एक दिन लम्बिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग